६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपाली बैंकिङ्ग इतिहासमै माछापुच्छ्रे बैंकले पहिलो पटक सुरु गर्यो आफ्नै मोवाईल वालेट



काठमाडौ । माछापुच्छ्रे बैंकले नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट “रेमिट्याप” संचालनमा ल्याएको छ ।

बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको बैंकले डिजीटल बैंकिङ्गमा नयाँ नयाँ खोज र अनुसन्धान गर्दै नयाँनयाँ सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको छ । यसैक्रममा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले बैंकले आफ्नै मोवाईल वालेट संचालनमा लयाएको हो ।

Robust टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोवाईल वालेट अत्यन्त सुरक्षित छ र चलाउन एकदमै सहज रहेको छ । रेमिट्यापमा नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु जस्तै भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण KYC भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका विल्कुलै नयाँ विशेषताहरु रहेका छन् । यसका साथै रेमिट्याप बिशेषगरि बिदेशबाट रेमिट्यान्स वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ ।

रेमिट्यापले बिदेशको साथै नेपाल भित्र नै एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । यसरी रेमिट्यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७००० भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ ।

यसबाहेक रेमिट्याप वालेट भित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेका छन् । नेपाली तथा अङ्गेजी दुवै भाषामा यो एप चलाउन सकिने भएकाले हरेक तह र तप्कामा रहेका ग्राहकहरुको डिजीटल आवश्यकता रेमिट्यापले पूरा गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ६ : ०६ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९