२३ बैशाख २०८१, आइतबार | May 5, 2024

स्थानीय व्यवसायिक कृयाकलापसँग सहकार्य गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह



बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन् ।

बुटबल उद्योग बाणिज्य संघ, रुपन्देहीले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले उद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीहरुले सामना गर्नु परेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एकढिक्का भएर गम्भीरतापूर्वक कार्य गरिरहेको बताए ।

उनले भने, “स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ, र त्यो कार्य गर्न संघहरु नै सक्षम छन् । तर कतिपय विषय केन्द्रस्तरमा उठाउनु पर्ने हुन्छ, नीतिगत लबी गर्नुपर्ने हुन्छ, र त्यसका लागि महासंघ सधैं तत्पर छ ।”

वरिष्ठ उपाध्यक्ष ढकालले आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनि आभार व्यक्त गरे । चुनावका बेलाजस्तो अहिले महासंघभित्र पक्ष, विपक्ष रहेको छैन भन्दै उनले अब हुन लागेका संघहरुका चुनावमा पनि सकभर सहमति र सर्वसम्मत विधिबाट नेतृत्व चुन्न आग्रह गरे ।

उनले तिक्तता र पक्ष विपक्ष भएर चुनावमा उठे पनि सबै उम्मेदवारबीच राम्रो सहकार्य, मित्रता र समझदारी हुने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा उपाध्यक्ष ढकालले लुम्बिनी केबलकार प्रालिद्वारा निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको बुटबल–३ स्थित गोलपार्कदेखि पाल्पा जिल्लाको तिनाउ वसन्तपुरसम्मको लुम्बिनी केबलकारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार शिलान्यास गर्न लागिएको जानकारी दिँदै उक्त समारोहमा सहभागी भएर हौसला बढाइदिन आग्रह पनि गरेका थिए ।

 

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ६ : १० बजे

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ