२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुद्धज्योति लघुवित्तद्वारा कर्मचारीलाई तालिम



लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा केन्द्रिय कार्यालय रहेको बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई लघु कर्जा लगानी तथा असुली व्यवस्थापन सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ ।

तालिममा प्रशिक्षणमूलक मन्तव्य राख्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काले वित्तीय संस्थाको सफलताका लागि सबैभन्दा महत्वपुर्ण खम्बा मानव शक्ति भएकाले कर्मचारी स्वयम् संस्थाको बृहत्तर हितमा इमान्दारिताका साथ खट्नुपर्ने बताए । संस्था सबल र सदृढ भए मात्रै कर्मचारीको सेवा सुविधा पनि बृद्धि हुने र सामाजिक सुरक्षा पनि हुने प्रमुख कार्यकारी अधिकृत खड्काले स्मरण गराए । कर्मचारीमा पेशागत ज्ञान/सिप, लगनशिलता र लक्ष्य हुनुपर्नेमा खड्काले जोड दिए ।

तालिममा लघुवित्त क्षेत्रका अनुभवी ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेड,बुटवलका अधिकृत मधुसुदन पोख्रलेले सहजिकरण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी जस्तो ऐतिहासिक, धार्मिक र सांस्कृतिक नगरपालिकामा केन्द्रीय कार्यालय रहेको एक मात्र लघु वित्त भएकाले कर्जा लगानीका प्रशस्त अवसर रहेको भन्दै असल ऋणी पहिचान गरी कृषि,पर्यटक,उद्योग लगायतका क्षेत्रमा लगानी गर्न सकिने सुझाएका थिए ।

संस्थाका अधिकृत दिनेश पासीको संचालामा सम्पन्न उक्त कार्यक्रममा सहायक अधिकृत विश्वजित चौधरीले स्वागत गरेका थिए । तालिममा संस्थाका करिब एकदर्जन कर्मचारीको सहभागिता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काले कोरोना महामारी र अन्य कारणले अपेक्षाकृत प्रगति गर्न नसकेको संस्थाको वित्तीय अवस्थालाई निकट भविष्यमै उल्लेख्य सुधार गर्ने लक्ष्यसहित काम भयरहेको बताए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ५७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ