५ चैत्र २०८२, बिहिबार | March 19, 2026

भागरथी हत्याका अभियुक्त पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै



काठमाडौं । गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

बुधबार घरबाट विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो ।

उनको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको थियो । मृत भेटिएकी भागरथीको शरीरभरि निलडाम र घाउ रहेका थिए भने कपडा पनि च्यातिएको अवस्थामा थियो ।

निर्मला बलात्कार प्रकरण नसुल्झिरहेको अवस्थामा प्रहरीमाथी भागरथी हत्या प्रकरणले निकै दवाब परेको थियो । घटनाको संवेदनशीलताको ख्याल गर्दै कुनै किसिमको त्रुटी हुन नदिन अनुसन्धानमा शुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिचालित थियो । यसका साथसाथै प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी स्वयम पनि अनुसन्धानमा लागी परेका थिए ।

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । भागिरथीको हत्याको अभियोगमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीले अभियुक्तका रुपमा आज सार्वजनिक गर्दैछ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयला प्रवक्ता मुकेशकुमार सिंहले बताए अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त छात्रले अभियोग स्वीकार गरेका छन । पक्राउ परेकाले बदला लिन भागरथीको बलात्कार पछि हत्या गरेको प्रहरीलाई बताएका छन ।

अभियोग स्वीकार गरेका उनि सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययनरत रहेका छन भने भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

हत्यारा पक्राउ नपरेसम्म भन्दै आफन्तले शव बुझ्न मनेका छैनन् । उनको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् भन्ने आशंकाले परिवार र आफन्तले शव बुझ्न नमानेका हुन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ७ : ०८ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन