२८ बैशाख २०८३, सोमबार | May 11, 2026

जंगलमा लागेको आगोले जलेर एक महिला घाईते



बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका ३ पिप्से गाउँ नजिकै को जंगलमा एक साता देखि लागेको आगोमा परी एक महिला घाइते भएकी छन ।

घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४०,४२ बर्षिया फुगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्।

शुक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का आगोमा परेको थाहा पाए पछि स्थानियले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पु¥याएका थिए । आगोले पुरै शरीर जलेकी खड्काको अवस्था गम्भीर रहेको उनका आफन्तले जनाएका छन्। थप उपचारका लागि स्थानिय तहका प्रतिनिधलाई खबर गरीरहेका छौं तर फोन अहिले सम्म लागेको छैन उपचारमा सङ्गै रहेका उनको आफन्तले बताए।

जिल्ला वन कार्यलयको नजिकै बनमा एक साता देखि आगलागि रहदा पनि जिल्ला वन कार्यलयले आगो नियन्त्रण गर्ने प्रयास थालेको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : १९ बजे

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका