५ चैत्र २०८२, बिहिबार | March 19, 2026

म्यानमारको सैन्य कू विरुद्धको प्रदर्शनमा सहभागि दुई जनाको मृत्यु, २० बढी घाईते



एजेन्सी । म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सैनिक कू गरी सत्ता आफ्नो हातमा लिएपछि सैनिक शासनविरुद्ध लगातार प्रदर्शन भइरहेको छ ।

सो क्रममा भएको पछिल्लो प्रदर्शनमा सेनाले प्रदर्शनकारीलाई रोक्नका लागि गोली समेत चलाएको बताइएको छ । सो क्रममा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना भन्दा बढी घाइते भएका छन् ।

सेनाले गत वर्षको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाएको थियो । निर्वाचनमा नेतृ आङ साङ सूचीको पार्टीले बहुमत हासिल गरेको थियो । तर संसदको पहिलो बैठक बस्ने दिन नै नेतृ सूची र राष्ट्रपति तथा प्रदेशका मुख्यमन्त्रीसहित सबै जननिर्वाचित नेताहरुलाई पक्राउ गरेर सेनाले कू गरेको थियो ।

सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सर्वसाधारण, पेशाकर्मी तथा बौद्ध भिक्षुहरु समेत प्रदर्शनमा सहभागी भइरहेका छन् । सैनिक कू विरुद्ध प्रदर्शन तीव्र बन्दै गएका बेला सुरक्षाकर्मीले बल प्रयोग गर्न थागेको हो । म्यानमारको दोस्रो ठूलो शहर मान्दालायले भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ३६ वर्षका एक पुरुष र १८ वर्षमुनिका एक किशोरको मृत्यु भएको हो ।

यसअघि प्रदर्शनका क्रममा एक महिलाको मृत्यु भएको थियो । ९ फेब्रुअरीमा प्रदर्शनका क्रममा टाउकोमा गोली लागेकी एक महिलाको गत शुक्रबार मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : ४२ बजे

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति