२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयले अवरोध गर्ने चेतावनी



बुटवल । देशब्यापीरुपमा शिलान्यास र उदघाटनको अभियानमा हिंडेको ओली सरकारका मन्त्रीहरुलाई रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यसमा भने अवरोध हुने भएको छ । विगट ५० वर्ष देखि बसोबास गर्दै आएका स्थानीयबासीको बैपल्पिक व्यवस्था नगरि औद्योगिक क्षेत्रको शिलान्यस गर्न थालिएको भन्दै स्थानीयले शिलान्यस कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएका छन् ।

मोतिपुर औद्योगिक क्षेत्र भित्र पर्ने स्थानीयबासीहरुले आज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गन बुटवल औद्योगिक क्षेत्रमा ज्ञापन पत्र बुझाउंदै ५० वर्ष देखि जोतभोग र बसोबास गर्दै आएका नागरिकको बैकल्पिक व्यवस्था नगर्दा सम्म शिलान्यास कार्यक्रम नगर्न आग्रह गरेका छन् । उनीहरुले बिना बिकल्प शिलान्यास कार्यक्रम गरिए अवरोध गर्ने चेतावनी पनि दिएका छन् ।

औद्योगिक क्षेत्रका लागि सरकारले लागत कट्टि गरेको जग्गा भित्र ३ हजार बढी परिवारहरुको बसोबास गर्दै आएका छन् । स्थानीयको माग सम्बोधन नगरि औद्योगिक क्षेत्र स्थापना भए ५० वर्ष देखि बस्दै आएका स्थानीयको गास, बास र कपास खोसिने स्थानीय संघर्ष समितिका सदस्य बाबुराम घिमिरेले बताए । रानीगन्ज, साविक मोतिपुर, तिलोत्तमा लगायतको क्षेत्रमा ३ हजार बढी घर परिवार बस्दै आएको उनले बताए ।

सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारका मन्त्रीहरुले देशका बिभिन्न स्थानमा औद्योगिक क्षेत्रको शिलान्यस गर्दै हिंडिरहेका छन् । प्रधानमन्त्रीले यसै साता सुदुरपश्चिममा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए भने उद्योगमन्त्री लेखराज भट्टले आज बाँकेको नौबस्ताको औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । १३ गते बुटवलको मोतिपुरको औद्योगिक क्षेत्रको शिलान्यस गर्ने कार्यक्रम राखिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने गरि कार्यक्रम तय भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

उता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले भने मोतिपुरमा बसोबास गर्दै आएका सबैको माग सम्बोधन हुने बताएका छन् । खबरकुरासँग कुरा गर्दै बस्नेतले औद्योगिक क्षेत्रको निर्माण हुने २४५ बिगाहा जग्ग क्षेत्रमा मात्र शिलान्यास हुन लागेको जानकारी दिए । उनले कामहरु अगाडि बढ्दै जाँदा सबैको माग सम्बोधन हुने बताउंदै डीपीआरमा सबैको लागत लिईएको र ईआईए मा बाँकी स्थानीयको सम्बोधन भएको र औद्योगिक क्षेत्रको परियोना सुचारुहुँदा सम्म सबैको माग पुरा हुने जानकारी दिए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  २ : ०३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय