१ पुस २०८२, मंगलबार | December 16, 2025

जो प्रधानमन्त्री भए पनि हुन्छ, प्रतिगमन परास्त गरौं : माधव नेपाल



विराटनगर । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले असुरक्षा भएको भए आफुहरु सुरक्षा दिन तयार रहेको बताएका छन् ।

प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सुरक्षा चुनौती भएको भए आफ्नो पार्टी सुरक्षा दिन तयार रहेको बताएका हुन् । सोमबार पोखरामा कार्यकर्ता भेलाललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुमाथि शारीरिक आक्रमण हुनसक्ने बताएका छन् ।

अध्यक्ष नेपालले आफूहरुले प्रतिगमनबाट मुक्ति चाहिएको बताएका । देशलाई प्रतिगमनबाट मुक्त बनाउन सबै दलहरुसँग सहकार्य गर्न तयार रहेको उनले बताए । नेपालले त्यसका लागि कांग्रेस या जसपा जुन दलबाट भएपनि प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको जनाए ।

अध्यक्ष नेपालले प्रतिगमन विरुद्धको आन्दोलनमा रहेका दलहरुसँग आफुहरुको छलफल भैरहेको जानकारी गराए । नेपालले भने, ‘प्रतिगमनविरुद्ध लडेका दलहरुबीचको सहमतिमै नयाँ सरकार गठन हुन्छ। हामीलाई प्रधानमन्त्री चाहिँदैन भनिसकेका छौँ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ३ : १७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज