१ पुस २०८२, मंगलबार | December 16, 2025

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, दुईपक्षबीच भएको सहमती मन्त्रिपरिषद बैठकबाट अनुमोदन



काठमाडौं । ओली सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध फुकुवा गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

बैठकले सरकार र विप्लव नेतृत्वको पार्टीबीच आजै भएको तीन–बुँदे सहमति लाई अनुमोदन गर्दै देशैभर कारागार र हिरासतमा रहेका सो समूहका कार्यकर्तालाई थुना मुक्त गर्न सर्कुलर गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

सरकार र विप्लव समूहबीच भएको वार्ताबाट भएको सहमतिलाई भने शुक्रबार औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम तय भएको छ । घोषणा कार्यक्रमलाई प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । औपचारीक घोषणा पछि नै लागुहुने गरि सहमतीलाई अनुमोदन गरिएको ती मन्त्रीले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ८ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज