१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का बर्षा र हिमपात



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । हाल देशका केही पहाडी भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

त्यस्तै देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुको एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती सुदूरपश्चिम प्रदेश र प्रदेश १ का पहाडी भू-भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

बाँकी प्रदेशका पहाडी भू-भागहरूको मौसम आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागहरुका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : ३७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम