६ माघ २०८२, मंगलबार | January 20, 2026

भागरथी हत्या प्रकरण : आरोपितलाई सुधारगृह पठाउन आदेश



बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको हो ।

दिनेशलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो । अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो ।

दिनेशलाई बुधबार डोटीमा रहेको सुधारगृह पठाउने तयारी रहेको गरिएको छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धानपछि दिनेशलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५÷५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । दिनेशले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन् । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो । भागरथीको भेजाइनल स्वाब र दिनेशको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको भए पनि रिपोर्ट आएको छैन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ८ : ३७ बजे

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले