१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कांग्रेस पदाधिकारी बैठक बस्दै, बैठक लगत्तै जसपासँग छलफल



काठमाडौं । सत्ता समिकरणको जोडघटाउ चलिरहेको समयमा नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

आजै दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखिएको हो । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको कांग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए । पदाधिकारी बैठक लगत्तै कांग्रेससँग छलफल गर्न जनता समाजवादी पार्टी जसपाका नेताहरु देउवा निवास पुग्दैछन् । दुई पार्टीबीच अपरान्ह ४ बजे छलफलको समय तय गरिएको छ ।

जसपाले आफ्ना माग पुरा गराउन सबै दलहरुसँग छलफल अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार साँझ भएको छलफल सकारात्मक भएको जसपाका राजपापक्षीय नेताहरुले बताएका छन् । यद्यपी, छलफलमा सहभागी अशोक राईले भने ओलीलाई विश्वास गर्न नसकिने बताएका थिए ।

जसपाले समर्थन दिएमा ओली सरकार टिक्न सक्छ । जसपाले समर्थन दिएमा कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्नसक्ने समिकरण रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १२ : ५४ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।