१६ असार २०८३, मंगलबार | July 1, 2026

शितल निवासमा आज एजेण्डा बिनाको सर्वदलीय बैठक बस्दै



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज शितल निवासमा सर्वदलीय बैठक बस्दैछ । सत्ता समीकरणका बिषयमा दलहरुबीच तीव्र ध्रुविकरण चलिरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी हुन् ।

आज राष्ट्रपति भवन शितल निवासमा बोलाईएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको सुचनामा कुनै एजेण्डा उल्लेख नगरिएको बताईएको छ । एजेण्डा बिना बोलाईएको बैठक सम्बभवत दल र प्रधानमन्त्री केपी ओलीका बीच बढ्दै गएको तिक्तता कम गर्नका लागि हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि पनि प्रधानमन्त्रीको अनुकुल हुने गरी पार्टीभित्र एकता कायम गराउन राष्ट्रपति सक्रिय हुने गरेको भन्दै आलोचना हुने गरेको थियो ।

राष्ट्रपति भण्डारीमाथि संसद विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा परामर्श नलिई भएको स्विकृतीलाई लिएर उनको भूमिकालाई लिएर सर्वत्र टिप्पणी भएको थियो ।

आलोचकहरुले देशका गम्भीर सवालहरुमा भन्दा ओली नेतृत्वको सरकार टिकाउन राष्ट्रपतिले भूमिका खेल्ने गरेका भन्दै आलोचना गर्ने गरेका छन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ९ : १५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी