३ आश्विन २०८३, शनिबार | September 19, 2026

एमालेको नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट



काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । बिहान ११ बजे भेला सुरु हुने नेता योगेश भट्टराईले जानकारी दिए ।

गएको फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णय गरेसँगै नेपाल-खनाल पक्ष थप रुष्ट बनेको छ । पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै यो पक्षले आज र भोलि काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको हो । भेलामा देशभरबाट उपस्थित दुई हजार बढी नेता कार्यकर्ताको उपस्थिती रहने बताइएको छ ।

भेलामा देशभरबाट २ हजारभन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने नेता भट्टराईले जानकारी दिए । नेपाल-खनाल पक्षले आज र भोलिको भेला नरोकिने र शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने स्पष्ट पारेको छ । यस्तै यो पक्षले तल्लो तहसम्मै समानान्तर कमिटी गठन गर्ने प्रक्रिया सुरु गरेको छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता खारेज गरेपछि ब्युँतिएको एमालेलाई फेरि विभाजनतर्फ लाने काम ओली पक्षबाट भैरहेको नेपाल-खनाल पक्षको आरोप छ । सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभइ सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पङ्क्तिलाई परिचालन गरेर मात्र पार्टी बलियो हुने यो पक्षको निष्कर्ष छ ।

एमाले पूर्ववत् अवस्थामा फर्किनु भनेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनःस्थापना भएको र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेको नेपाल-खनाल पक्षले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : ३२ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२