२६ बैशाख २०८१, बुधबार | May 9, 2024

एमालेको नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट



काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । बिहान ११ बजे भेला सुरु हुने नेता योगेश भट्टराईले जानकारी दिए ।

गएको फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णय गरेसँगै नेपाल-खनाल पक्ष थप रुष्ट बनेको छ । पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै यो पक्षले आज र भोलि काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको हो । भेलामा देशभरबाट उपस्थित दुई हजार बढी नेता कार्यकर्ताको उपस्थिती रहने बताइएको छ ।

भेलामा देशभरबाट २ हजारभन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने नेता भट्टराईले जानकारी दिए । नेपाल-खनाल पक्षले आज र भोलिको भेला नरोकिने र शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने स्पष्ट पारेको छ । यस्तै यो पक्षले तल्लो तहसम्मै समानान्तर कमिटी गठन गर्ने प्रक्रिया सुरु गरेको छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता खारेज गरेपछि ब्युँतिएको एमालेलाई फेरि विभाजनतर्फ लाने काम ओली पक्षबाट भैरहेको नेपाल-खनाल पक्षको आरोप छ । सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभइ सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पङ्क्तिलाई परिचालन गरेर मात्र पार्टी बलियो हुने यो पक्षको निष्कर्ष छ ।

एमाले पूर्ववत् अवस्थामा फर्किनु भनेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनःस्थापना भएको र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेको नेपाल-खनाल पक्षले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ८ : ३२ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s