३० भदौ २०८३, मंगलबार | September 15, 2026

सर्वोच्च अदालतले ‘राजनीतिक फैसला’ पुनरावलोकन गर्नेछ : प्रचण्ड (पुनरावलोकन निवेदनको पूर्णपाठसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खारेज गर्दै एमाले माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला सच्चिने विश्वास व्यक्त गरेका छन् ।

फैसला विरुद्ध सर्वोच्च अदालतमा आज पुनरावलोकन निवेदन दर्ता गराएपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो फैसला राजनीतिक भएको टिप्पणी गर्दै सच्चिमा विश्वस्त भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले रिट निवेदकको माग र चाहना भन्दा बाहिरबाट फैसला आएको भन्दै अदालतको फैसला अस्वभाविक र अप्राकृतिक भएको जिकिर गरे । फैसलाप्रति आफुहरुको असहमति भएका कारण पुनरावलोकन गरेको उनले बताए ।

अध्यक्ष प्रचण्डले रिट निवेदकले नै पार्टी एकता टुटोस भन्ने मनासायले रिट दर्ता नगरेको बताउँदै भने ‘रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहेका थिएनन्, निवेदकको निवेदकको चाहनाभन्दा बाहिरबाट फैसला आयो ।’

प्रचण्डले पुनरावलोकनबारे छिट्टै फैसला आउने विश्वास समेत व्यक्त गरेका छन् । सर्वोच्च प्रशासनले २०७७ आरभी २०८ २०७७ १२ १७ को पहिलो निवेदनको रुपमा प्रचण्डको निवेदनलाई दर्ता गरेको छ । न्यायिक पुनरावलोकन निवेदन दर्ता गराउन प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु सर्वोच्च पुगेका थिए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/prachanda-sarbocha-punarabalokan.pdf”]

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ५३ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी