३ आश्विन २०८३, शनिबार | September 19, 2026

घरजग्गाको लालपूर्जा पाएपछि गरीब परिवार दंग



महोत्तरी । कैयौं वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका-१ का गरीब घरजग्गाको लालपूर्जा पाएपछि दंग भएका छन् ।

पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी-१) का सिरसिया र धिरापुरका घरवासी बुधवार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाएर दंग भएका हुन् ।

‘लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छौं,’ बुधवार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको जग्गाधनी प्रमाणपूर्जा देखाउँदै मटिहानी–१ का ७० वर्षीय बिल्टु मण्डलले भने, ‘अब आफ्नै जग्गामा घर छ भन्नेमा ढुक्क भएका छौं ।’

नापी कार्यालय महोत्तरीले १ दशकअघि नापी गरिएको सिरसिया र धिरापुर बस्तीका गाउँब्लकभित्रका १६३ घरधुरी धनीलाई बुधबार जग्गाधनी प्रमाणपूर्जा प्रदान गरेपछि यी दुवै बस्तीमा खुशी छाएको हो ।

नापी कार्यालय महोत्तरीले जगाधनी प्रमाणपूर्जामा घरधनी मूलीको निधन भए पत्नीका नाउँमा र दुवै (पति/पत्नी) जीवित भए दुवैको संयुक्त नाउँ उल्लेख गरेपछि महिलामा पनि घरजग्गाको स्वामित्व स्थापित भएको छ । यसले महिलामा आत्म गौरव बढाएको मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

नापी कार्यालय महोत्तरीले चालू आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको अवधिमा यसअघिका लक्ष्मीनियाँ, बलवा गाविसमा घरवासीलाई गाउँब्लकको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिसकेको छ ।

पछिल्लोपटक धिरापुरसहित जम्मा ९०० जग्गाधनी प्रमाणपूर्जा प्रदान गरिएको नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख राकेशकुमार झा ‘रसिक’ले जानकारी दिए । कार्यालयले जारी चैत महिनाभित्रै यसअघिका किसाननगर, पशुपतिनगर र मनरा गाविसका गाउँब्लक भित्रको जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने जनाएको छ ।

साविक गाउँब्लकका जग्गा नाप गरी जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्न १ दशकअघि नै नापी टोली खटाई घरजग्गा नाप गरिएको थियो । लामो समयसम्म वितरण हुन नसकेको जग्गाधनी प्रमाणपूर्जा कार्यालयले क्रमशः वितरण गर्दै लगेको छ । रासस

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : ५२ बजे

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी