४ आश्विन २०८३, आइतबार | September 20, 2026

नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक ११ बजे बस्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका नेताहरुलाई धमाधम निलम्बन गर्न थालेपछि वरिष्ठ माधवकुमार नेपाल र नेता झलनाथ खनालले आज स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका छन । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै अध्यक्ष ओलीले कारवाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको नेपाल पक्षको भनाइ छ ।

नेपाल-खनाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ । यो पक्षले अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन ।

बिहीबार कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचना बनाउने उद्घोष गरेका छन । शुक्रबारको बैठक बसेर थप रणनीति र अभिया शुरु गर्ने नेपाल-खनाल पक्षको योजना छ ।

पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका पार्टी सदस्यताबाटै निलम्बन गरेको छ । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन ।

एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : १६ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन