३ पुस २०८२, बिहिबार | December 18, 2025

सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका छन् ।

सोमबार केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा १४औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ ।

आगामी भदौ ७ गतेदेखि सुरु हुने महाधिवेशनको कार्यतालिका बनेपनि अहिलेसम्म क्रियाशील सदस्यता र नवीकरणको काम सकिएको छैन । ७१ जिल्लामा काम भैरहेको छ भने बाँकी जिल्लामा बल्ल सदस्यताको काम सुरु हुँदैछ ।

बैठकमा नयाँ सत्ता समीकरणका विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ । शुक्रबार सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गरेको थियो ।

माओवादी केन्द्रले तत्कालै समर्थन जनाए पनि जसपाले भने पार्टीमा छलफल गर्नुपर्ने भन्दै केही समय माग गरेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ३३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका