३ पुस २०८२, बिहिबार | December 18, 2025

म्यानमारमा सुरक्षा फौजको ज्यादती अझै रोकिएन, एकैदिन ८० बढीको हत्या



एजेन्सी । म्यानमारमा सैनिक सत्ताविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षा फौजको ज्यादती अझै रोकिएको छैन ।

राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् । सैनिकले हत्या गरिएकाहरुको शव पनि लिएर गएको बताइएको छ । हत्या गरिएकाहरुको सही संख्या थाहा पाउन कठिन हुने जनाइएको छ ।

प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार सुरक्षाकर्मीले राइफलसहितका हतियार प्रयोग गरेका थिए । उनीहरुले आफ्नो मार्गमा पर्ने सबैमाथि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

म्यानमारका स्थानीय मिडियाका रिपोर्टर तथा प्रत्यक्षदर्शीहरुका अनुसार यांगुनको उत्तरपूर्वस्थित बगो शहरमा सुरक्षाकर्मीहरुले शनिवार गरेको हत्याको संख्या सुरुमा पत्ता लगाउन सकिएको थिएन । पछि सुरक्षाकर्मीहरुले शवलाई एकमाथि अर्को खात लगाएर राखेको र त्यसलाई चारैतिरबाट घेरेको देखेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

म्यानमार नाउका अनुसार सेनाले शुक्रबार विहानदेखि नै गोली चलाउन सुरु गरेको थियो र यो दिउँसोसम्म जारी रह्यो । ज्यान गुमाउनेको वास्तविक संख्या बाहिर आए भन्दा धेरै हुन सक्ने अनुगमन समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएको छ । एएपीपीका अनुसार सुरक्षाकर्मीबाट मारिएका र गिरफ्तार गरिएकाहरुको दैनिक सूची तयार पार्ने काम भइरहेको छ ।

गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएर सेनाले शासन आफ्नो हातमा लिएयता प्रदर्शन हुँदै आएको छ । अहिलेसम्म सुरक्षाकर्मीको ज्यादतीका कारण ६०० जना भन्दा धेरैको ज्यान गएको छ । आफ्नो शक्ति कायम गरिरहनका लागि सैनिकले हिंसात्मक गतिविधि बढाउँदै लगेको छ ।

याङ्गुनको प्रमुख शहर बागोमा सेनाले शुक्रबार हत्याको शृङ्खला कायम गरेको हो । स्थानीय बासिन्दालाई नजिकका गाउँमा भाग्न बाध्य पारिएकाले घटना सार्वजनिक हुन पूरै एक दिन भन्दा बढिको समय लागेको हो । स्थानीय सञ्चारमाध्यम म्यानमार नाव न्यूजलाई प्रत्यक्षदर्शीले शुक्रबारको घटनालाई नरसंहारसँग तुलना गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ११ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका