२३ बैशाख २०८३, बुधबार | May 7, 2026

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु, को-को छन सहभागी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरअघि मात्र सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन । त्यस्तै, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसबाट रामचन्द्र पौडेल र बालकृष्ण खाँड सहभागी भएका छन ।

त्यस्तै जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण पनि बैठकमा सहभागी भएका छन । राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल पनि बैठकमा सहभागी भएका छन ।

बैठकको सुरु गर्दै प्रधानमन्त्री ओली कोभिडको बढ्दो महामारी र सरकारको तर्फबाट चालिएका कदम लगायतका विषयमा छलफल हुने बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छैनन । त्यस्तै, जसपाका अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा सहभागी छैनन।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १२ : ०० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा