१५ चैत्र २०८२, आइतबार | March 30, 2026

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीद्वारा सभामुख सापकोटा विरुद्ध सत्तोसराप



काठमाडौं । सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलका नेताहरुको बीचमा सभामुख अग्निप्रसाद सापकोटाको चर्को आलोचना गरेका छन् ।

बालुवाटारमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन् । ओलीले सभामुखको भूमिका अनैतिक र अराजक भएको गम्भीर आरोप समेत लगाए ।

ओलीको आक्रोश विवादित एमीसी सम्झौता सभामुख सापकोटाले अल्झाएर राखेको भन्नेमा मुख्य केन्द्रित थियो । उनले पछिल्ला केही दिनयता एमसीसी पारित गर्न सरकारलाई सहयोग नगरेको भन्दै सापकोटाको खेदो खन्दै आएका छन् ।

बैठकमा भाग लिएका राप्रपा नेता प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले सभामुखले सरकारलाई काम गर्नै नदिएको गुनासो गरेको बताए ।

‘सभामुख अराजक बन्नुभयो । उहाँले संसद बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन, मैले एमसिसी पेश गर्न खोज्दा दिनुभएन भन्दै सभामुखप्रति उहाँले निकै आक्रोश पोख्नुभयो,’’, प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै नेता लोहनीले भने, ‘प्रधानमन्त्रीले यसको निकास कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । हामीहरुले मिलाएर लैजानुस भन्यौं ।’

प्रधानमन्त्री ओलीले बैठकमा सभामुख परिवर्तन गर्ने अवस्था छ भने त्यो खोज्नुपर्ने आशयले दलहरुको राय मागेका छन् ।

सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र अनुपस्थित भएको छ । बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव एवं बाबुराम भट्टराई र एमालेको माधव नेपाल समूहलाई खबरनै गरिएको थिएन ।

नेपाली काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल लगायतका नेताहरु उपस्थित थिभए भने संसदमा उपस्थित नेमकिपा, राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरु पनि उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तह र प्रतिनिधिसभामा खाली रहेको क्षेत्रमा उपनिर्वाचन गर्ने विषयमा पनि कुरा उठाएका थिए । उनले कोरोना नियन्त्रणका लागि सरकार प्रयासरत रहेको बताएका थिए ।

दलका नेताहरुले राजनीतिक सहमति खोजेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : ३७ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा