१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नेपालगन्ज कोरोनाको ‘हटस्पट’ बन्न थालेपछि जाग्यो प्रहरी, भारतमा किनमेल गर्न जान पूर्ण प्रतिबन्ध



नेपालगन्ज । जिल्लामा कोरोनाको कहर बढेपछि बाँके प्रशासनले सिमावर्ती बजार रुपैडियामा किनमेल जाने सर्वसाधारणमाथि कडाई गरेको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समिति (डीसीसीएमसी)ले निर्णय गरेको भोलिपल्ट देखि प्रशासनले सिमामा कडाई थालेको हो ।

डीसीसीएमसीले अत्यावश्यक काम वा औषधी उपचार वा चिकित्कसकको प्रिस्केप्सनका आधारमा औषधी किन्न बाहेक सिमा पारी जान पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रहरीले सिमामा कडाई गर्न थालेको हो ।

औषधी किन्न जाने बहानामा दैनी उपभोग्य सामान लिएर आएका सयौं सर्वसाधारणले ल्याएको उपभोग्यसामान प्रहरीले आजबाट जफत गर्न थालेको छ । सर्वसाधारणले ल्याएको दैनीक उपभोग्य समान प्रहरीले जफत गरेपछि आज मध्यान्ह जमुनाहा नाकामा केहिबेर सर्वसाधारण र प्रहरीबीच नताव समेत भएको थियो ।

प्रशासाले सिमामा कढाई गर्न थालेपछि जमुनाहा नाका सुनसान जस्तै बनेको छ । किनमेलका लागि भारतीय बजारमा जान रोक लगाएपछि किनमेलका लागि सर्वसाधारण आउने क्रम घटेको सिमा प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रवार भारतीय सीमा बजारबाट किनमेल गरेर ल्याएको ठूलो परिमाणको खाद्य बस्तु नेपालगन्ज नाकाबाट नियन्त्रणमा लिएको थियो ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : ०५ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै