१ पुस २०८२, मंगलबार | December 16, 2025

एकाबिहानै थपियो बाँकेमा कोरोना संक्रमितको मृत्युको संख्या



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमितको मृत्युको संख्या थपिएको छ । सोमबार दिउँसो मृत्यु भएका एकजनामा सोमबार राती अवेर कोरोना पुष्टि भएको छ भने अर्का एकजना संक्रमण पुष्टि भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।

कोहलपुर, २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएकी ३५ वर्षीया महिलाको सोमबार राती अवेर मात्र पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उनी सोमबार बिहान मात्र अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।

यस्तै सोमबार बिहान स्वास्थ्यमा सामान्य समस्या आएपछि जँचाउन आएका कोहलपुर २ का ७७ वर्षीय पुरुषको स्वाव संकलन गरेर घर पठाईएकोमा सांझ पीसीआर पोजिेटिभ आएसँगै पुनः अस्पताल ल्याउने क्रममा अस्पता नपुग्दै मृत्यु भएको थियो । संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रतिमको मृत्युको यो संख्या थपिएसँगै बाँकेमा कोरोना संक्रमण मृत्यु हुनेको संख्या बाँकेमा ६३ जना पुगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज