१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेका २ ल्यावमा २७६ स्वाव परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा २ वटा पीसीआर ल्यावको रिपोर्टमा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको पीसीआर ल्याव र बागेश्वरी डाईग्नोशिस केन्द्रको रिपोर्टमा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको ल्याबमा मङ्गलबार बेलुकासम्म भएको नमुना परीक्षण अनुसार १९३ जनाको परीक्षण गर्दा १७९ जनामा कोरोना पोजेटिभ पाइएकोछ भने बागेश्वरी डाईग्नोशिस केन्द्रमा ८५ जनाको स्वाव परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्यावको रिपोर्ट भने आन बाँकी रहेको जनाईएको छ ।

जिल्लामा कोरोना संक्रमण र संक्रमणका कारण मृत्युको दर पनि बढेपछि जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले ९ गतेबाट ७ दिनका लागि बाँके जिल्लामा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि बाँकेबाटै लकडाउन हुने अवस्था देखिएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क