१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बाँकेमा थपिए २७० नयाँ संक्रमित, एक जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा बुधवार राती अवेर सम्ममा फेरि २७० नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार भेरी अस्पतालमा भएको परीक्षणको रिपोर्ट बिहिबार बिहान सार्वजानिक भएसँगै बाँकेमा २७० नयाँ संक्रमित थपिएका हुन् ।

बुधबार साँझ नेपालगन्ज मेडिकल कलेजको ल्यावबाट ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने भेरी अस्पतालको ल्यावमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेडिकल कलेजमा १३४ जनाको स्वाव परीक्षण गर्दा ६६ जनामा र भेरी अस्पतालमा ३५० स्वाव परीक्षण गर्दा २०४ जनामा कोरोना पुष्टि भएको थियो ।

बाँकेमा आजै थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका(१७ बाँके निवासी ८६ वर्षीया संक्रमित महिलाको नेपालगंज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा आज बिहान २ बजेर १५ मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

आज मृत्यु भएसँगै बाँकेमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ११ : १४ बजे

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा