११ माघ २०८२, आइतबार | January 26, 2026

देशैभर कोरोना संक्रमित थपिँदै, भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल



काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड-१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिनेक्रम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४० वटा छन् ।प्रदेश २ मा ४८ आईसीयू र २८ भेन्टिलेटर छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा ५ सय ५६ आईसीयू शय्या र २ सय ५५ भेन्टिलेटर छन् ।

गण्डकी प्रदेशमा २ सय ४३ आईसीयू शय्या र ६७ वटा भेन्टिलेटर छन् । लुम्बिनी प्रदेशमा १ सय ५२ आईसीयू र ९० भेन्टिलेटर छन् । कर्णाली प्रदेशमा ३४ आईसीयू शय्या र १२ भेन्टिलेटर रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३७ आईसीयू शय्या र २७ भेन्टिलेटर छन् ।

त्यस्तै, देशभर हाल २ सय २९ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत १ सय ७० जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ८ जना आईसीयू, बाग्मती प्रदेशमा ६७ आईसीयू र ४१ भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा एक जना आईसीयू र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६८ आईसीयू र १४ भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १६ जना आईसीयूमा उपचाररत छन् ।

सुदूरपश्चिम प्रदेशमा १० जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना उपचार हुने काठमाडौं उपत्यकाको १२ अस्पतालमा गरी ९० संक्रमित आईसीयू र भेन्टिलेटरमा तथा ३ सय ९६ जना आइसोलेसनमा छन् । हाल ११ हजार ६ सय ७५ संक्रमित होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५ जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, बिहीबार थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर २ लाख ९२ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५२ संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार ३ सय ४५ जना संक्रमित निको भइसकेका छन् । देशभर सक्रिय संक्रमित संख्या १२ हजार ६ सय ९० जना पुगेको छ । ८१ क्वारेन्टाइनमा छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम बढेको भन्दै व्यक्ति स्वयं सचेत रहन आग्रह गरेको छ । भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइमा ध्यान दिन अनुरोध गरिँदै आएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : २४ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन