१७ असार २०८३, बुधबार | July 1, 2026

ओलीको दम्भ र अहंकार धरहरा भन्दा अग्लो : माधव नेपाल



जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा परेको आरोप लगाएका छन् ।

शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले ओलीको व्यक्तिवाद, गुटवाद, मनपरीतन्त्र, अहंकार र निरंकुश प्रवृत्तिले देश संकटमा परेको आरोप लगाएका हुन् ।

काठमाडौंमा बुधबार र बिहीबार ओलीले आफुसँग भेट गरेको बताउँदै नेपालले ओलीले सत्ता टिकाउनका लागि अनुनयविनय गरेको टिप्पणी समेत गरे । नेपालले ओली पार्टी एकताका लागि एकरत्ति पनि चिन्तित नभएको आरोप लगाए । बुधबार भएको भेटबाट थोरै आशा जागे पनि बिहीबार आफ्नो निर्णय नमाने पार्टी छोड्न धम्कीको शैली देखाएको उनले बताए । ओलीको दम्भ धरहराभन्दा पनि अग्लो भएको उनले टिप्पणी गरे ।

नेता नेपालले आफुले ओलीलाई सुध्रिन आग्रह गरेको बताए । उनले भने, ‘तर बालुवा पेलेर तेल निस्किँदैन भनेजस्तै ओलीलाई जति गरे पनि सुध्रिने देखिँदैन । त्यसकारण पार्टी, समाज, लोकतन्त्र, संघीयता, गणन्त्रलाई बचाउन राष्ट्रिय अभियानमा जुटेका छौँ ।’
एमालेमा आफुहरुको ६० प्रतिशत बहुमत भएपनि केही साथीहरुलाई कारवाही गरेर ओलीले पार्टी विधान, विचार र कम्युनिष्ट आन्दोलनको बर्खिलाप गरेको नेपालले आरोप लगाए । उनले आफुहरु ओलीको यातना, दम्भ, अहंकारले पीडामा रहेका नेता तथा कार्यकर्ताहरूलाई सँगै लिएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : २१ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा