२६ बैशाख २०८१, बुधबार | May 8, 2024

दोस्रो चरणको कोरोना महामारीमा रुपन्देहीमा ‘रेकर्ड ब्रेक’, एकैदिन थपिए २२७ संक्रमित



बुटवल । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अगुवाई गरिरहेको बाँकेलाई पछ्याउँदै रुपन्देहीले आज कोरोना संक्रमित थप्ने कार्यमा नयाँ ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २२७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार रुपन्देहीमा ९९ महिला र १२८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको बुटवल उपमहानगरमा मात्र ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ४३ जना, सिद्धार्थनगरमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा अहिले सम्ममा कोरोना संक्रमणका कारण १६५ जनाको मृत्यु भएको छ भने रुपन्देहीमा अहिलपनि ८११ जनाले होम आईशोलेसन, स्थानीय तहको आइशोलेसन तथा कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका छन् । संक्रमित थपिएसँगै रुपन्देहीको कोरोना बिशेष अस्पताल र भिम अस्पतालका सबै बेडहरु भरिभराउ भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा रहेको २२ वटा आईसीयू सबै भरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्शन केदार साहले जानकारी दिए । साहका अनुसार भिम अस्पतालको ९ र कोरोना बिशेष अस्पतालको १३ वटा आईसीयू बेड सबै भरिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा आएका गम्भिर प्रकृतिका संक्रमितलाई फिभर क्लिनीकमा सेवा दिईएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ३२ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s