१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बाँकेमा कोरोना संक्रमण विकराल बन्दै, आज पनि थपिए ४८७ संक्रमित



नेपालगन्ज । स्थानीय प्रशासनले लकडाउन घोषणा गरेको दोस्रो दिन पनि बाँकेमा कोरोना संक्रमण फैलने क्रमले रफ्तार नै समातेको छ । बाँकेका ३ वटा पीसीआर ल्यावबाट पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा २६९ वटा नमुना परीक्षण गर्दा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको पहिलो लटको रिपोर्टमा १०३ नमुना परीक्षणमा ५२ जना र दोस्रोलटमा १८३ नमुनामा १०३ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरि बागेश्वरी डाईग्नोशिस केन्द्रमा ११० नमुनामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका ल्यनवहरुमा परिएको परीक्षणमा बर्दियाका ३७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा संक्रमित थपिने क्रम नरोकिएपछि जिल्लाका सबै अस्पतालहरु भरिएका छन् भने अस्पतालका आँगन र गल्लीमा समेत संक्रमितहरुको भिड देखिएको छ । घरमा सिकिस्त भएका संक्रमितलाई लिन एम्बुलेन्स नआईदिँदा सिकिस्त बिरामीहरु रिक्सामा अस्पताल पुग्न बाध्य देखिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ३८ बजे

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क