२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु, एकजनाले गरे होम आइशोलेसनमा आत्महत्या



नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक महिला र एक पुरुष त्यस्तै गरी नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक महिला र एक पुरूषको उपचारकै क्रममा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ११ का ६० वर्षिय पुरुषको शनिबार साझ १०:३० बजे मृत्यु भएको छ भने सोही समयमा खजुरा गाउपालिका ३ की ४७ वर्षिया महिलाको पनि मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् ।

ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की ३६ वर्षिया महिलाको मृत्यु भएको छ । उनको मध्यराती २:३० बजे बजे मृत्यु भएको थियो । कोहलपुर ९ का अर्का एक जना संक्रमितले भने पीडा सहन नसकेर आत्महत्या गरेका छन् ।   होम आइसोलेसनमा रहेका उनले साँझ ६:३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । मृतकहरुको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको ब्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : २४ बजे

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री