काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २४ घण्टामा ३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना संक्रमित थपिएका हुन् ।
यी मध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा छन् र त्यसभित्र पनि सबैभन्दा धेरै काठमाडौं जिल्लामा रहेका छन् ।
आइतबार ९ हजार २९२ पीसीआर परीक्षण गर्दा ३०३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यस्तै ७८६ एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ११ सय ३२ जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुरमा २७० जना र भक्तपुरमा ९६ जनामा संक्रमपण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४५० जना संक्रमित निको भएका छन् । निको हुने दर कुल संक्रमणको ९२ दशमलव ५ प्रतिशत रहेको छ ।
देशभर आजसम्म १९ हजार ३८२ सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए । देशभर २५२ जना आइसीयूमा संक्रमित रहेका छन् भने ६५ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रतिक्रिया