१८ श्रावण २०८३, सोमबार | August 3, 2026

२४ घण्टामा थपिए ३१२२ कोरोना संक्रमित



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २४ घण्टामा ३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना संक्रमित थपिएका हुन् ।

यी मध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा छन् र त्यसभित्र पनि सबैभन्दा धेरै काठमाडौं जिल्लामा रहेका छन् ।

आइतबार ९ हजार २९२ पीसीआर परीक्षण गर्दा ३०३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यस्तै ७८६ एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ११ सय ३२ जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुरमा २७० जना र भक्तपुरमा ९६ जनामा संक्रमपण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४५० जना संक्रमित निको भएका छन् । निको हुने दर कुल संक्रमणको ९२ दशमलव ५ प्रतिशत रहेको छ ।

देशभर आजसम्म १९ हजार ३८२ सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए । देशभर २५२ जना आइसीयूमा संक्रमित रहेका छन् भने ६५ जना भेन्टिलेटरमा रहेका छन् ।

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : ३४ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल