१८ श्रावण २०८३, सोमबार | August 3, 2026

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएपछि त्यसलाई ब्रेकडाउन गर्न काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ ।

सोमबार भएको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलपछि यही बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो । निषेधाज्ञामा के खोल्ने के नखोल्ने भन्ने मापदण्ड बनाइसकेपछि यसलाई सार्वजनिक गरिने जनाइएको छ ।
गृहमन्त्रालयको सहमति पाएपछि निषेधाज्ञाको औपचारिक घोषणा हुनेछ ।

निषेधाज्ञा अवधीभर अत्यावश्यक बाहेकका सेवामा रोक लगाइने भएको छ । सार्वजनिक, निजी सवारीसाधन सञ्चालनमा रोक लाग्नेछ । तर, एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउनेछन् । हवाई सेवा भने बन्द हुनेछैन । खाद्यान्न र तरकारी र दुध बजार खुला हुनेछ भने ‘होटलररेष्टुरेन्टले होम डेलिभरी गर्न दिइने भएको छ ।

निषेधाज्ञा अवधीमा पनि न्यून कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु खुला हुनेछन् ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले निषेधाज्ञा लगाउने अधिकार सीडीओहरुलाई दिएको छ । सक्रिय संक्रमित १ हजार कटेमा उपत्यकामा जुनसुकै बेला पनि निषेधाज्ञा लगाउन सक्ने अधिकार उपत्यकाका सीडीओहरुले पाएका छन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या हजारभन्दा निकै बढी भैसकेको छ । काठमाडौं उपत्यका संघीय राजधानी समेत भएका कारण गृहमन्त्रालयको परामर्शमा लिइएको हो ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : ०३ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल