१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कर्णाली प्रदेशसभामा निर्वाचित एमालेका चार सांसदको पद रिक्त



सुर्खेत । कर्णाली प्रदेशबाट निर्वाचित एमालेका चार प्रदेशसभा सांसद पदमुक्त भएका छन् ।

प्रदेशसभा सभामुख राजबहादुर शाहीले प्रदेशसभामा फ्लोर क्रस गरी पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम पदमुक्त भएको गरेका हुन् ।

प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापालाई पदमुक्त गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो ।

चारैजना सांसदहरुले वैशाख ३ गते संसदीय दलको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । सांसद पद गएपनि प्रकाश ज्वालाबाहेक अन्य तीन जना भने मन्त्री पदमा थप ६ महिना कायमै रहिरहनेछन् । विश्वासको मत हासिल गरेलगत्तै मुख्यमन्त्री शाहीले थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभा अब ३५ सदस्यीय बनेको छ । यसअघि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका धर्मराज रेग्मी पदमुक्त भैसकेका छन् ।

प्रदेशभासमा सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद अब कर्णाली प्रदेशमा छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ५७ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो