१७ असार २०८३, बुधबार | July 1, 2026

प्रधानमन्त्री ओली नक्कली एमाले हुन : नेता नेपाल



कावासोती । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नक्कली एमाले भएको आरोप लगाएका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै नेता नेपालले सक्कली एमाले आफुहरू भएको बताउँदै एमाले समाप्त पार्न प्रधानमन्त्री ओली आफै लागेको आरोप लगाए।

आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउदै नेता नेपालले आफूलाई पार्टी फुटाउन खोजेको आरोप निराधार भएको बताए । नेपालले इमान्दार कार्यकर्तालाई पाखा लगाएर कमिशनखोरी र भष्टाचारीको घेराबन्दी जालोमा ओली परेको आरोप लगाए ।

नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखे । पार्टी भित्रको समस्या अध्यक्ष तथा प्रधानमन्त्री ओली भएको बताउदै उनले समस्याको खोजी गर्न आग्रह गरे ।

नेता नेपालले कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको बताउदै समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने बताए । नेता नेपालले प्रधानमन्त्री वलीले विदेशी शक्ति सामु आत्मसमर्पण गरेर विदेशीको इशारामा सत्ता कब्जा गर्न खोजेको आरोप लगाउँदै उनले भने तेस्तो कुरा कुनै हालतमा नहुने जिकिर गरे ।

कोरना कारण जनता मारमा परेको बेलामा ओली जनताको समस्या छाडेर सत्ता जोगाउन लागिपरेको समेत नेपालले आरोप लगाए । ओलीमा वैचारिक तथा सैद्धान्तिक विचलन आएको बताउँदै नेपालले कार्यकर्ताको भावना बुझेर अगाडि बढ्न जरुरी रहेको बताए

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : २१ बजे

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)