२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बाँकेमा आज थपिए ५५३ नयाँ कोरोना संक्रमित, ५ जनाको मृत्यु



नेपालगन्ज । बाँकेको ३ वटा प्रयोगशाला र सिमानाकाको एन्जिेन परिक्षण सहित पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संत्रलमण पुष्टि भएको छ । आज साँझ प्राप्त रिपोर्ट अनुसार ती प्रयोगशालाबाट आएको विवरणमा २३५ महिला र ३१८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेमा आज कोरोना संक्रमणकै कारण ५ जनाको मृत्यु भएको छ ।

पीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको पीसीआर प्रगयोगशालामा २८८ नमुना परीक्षण गर्दा २३३ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशलामा २६८ नमुना परीक्षण गर्दा २०६ जना, बागेश्वरी ल्यावमा १३१ नमुनामा १०८ जना तथा सिमानाका जमुनाहामा ६६ जनाको एन्जिेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमति मध्य ४८४ जना संक्रमित बाँके जिल्लाका र अन्य बाँके बाहिरको रहेको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

बाँकेका बिभिन्न अस्पतालहरुमा अहिले पछि गम्भिर अवस्थामा १२४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । बाँकेमा हाल सम्म २१० जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

आज पनि ५ जनाको मृत्यु :

बाँकेमा आज पनि ५  जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । नेपालगन्ज १७ की ३९ वर्षिया महिलाको हिजो भेरी अस्पतालमा राती १०ः३० बजे मृत्यु भएको थियो भने सोहि अस्पतालमा बिहान २ः३० बजे नेपालगन्ज् १२ का ६५ वर्षिय पुरुषको मृत्यु भएको थियो । त्यसैगरि नेपालगन्ज् मेडिकल कलेजमा दिउँसो २ बजे बैजनाथ ६ का ५६ वर्षिय पुरुषको मृत्यु भएको थियो भने भेरी अस्पतालमा ४ः३० बजे नेपालगन्ज १३ का ६९ वर्षिय पुरुषको मृत्यु भएको छ । आजै ८:५५ बजे नेपालगन्ज १३ का ५८ वर्षिय पुरुषकाे नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकाे छ ।

आज मृत्यु भएसँगै बाँके जिल्लामा मात्र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ०६ बजे

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारत असन्तुष्ट

काठमाडौं। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई