६ श्रावण २०८३, बुधबार | July 23, 2026

नेपालमा कोरोना संक्रमणको फैलावट दर अप्रत्यासित र उच्च



काठमाडौं । केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ ।

सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बुधबार पुष्टि भएको सङ्ख्या अप्रत्यासित हो ।

बुधबार देशभर थप चार हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा चार हजार ७७४ जना र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जना गरी थप चार हजार ८९७ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि एक दिनमा पाँच हजार जना सङ्क्रमित भएका थिए । पहिलो लहरको कोरोना सङ्क्रमणमा विस्तारै बढेर पाँच हजारको सङ्ख्या छोएको थियो । अहिलेको सङ्ख्या केही दिनमै ह्वात्तै बढेको छ ।

अहिलेको सङ्ख्या वृद्धिले डराउनुपर्ने अवस्था आइसकेको बताउँदै सहप्रवक्ता डा. अधिकारीले भने, “कतै आईसीयू, भेन्टिलेटर र आइसोलेसन खाली छैनन् । यही अनुपातमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने अवस्था थप जटिल हुने निश्चित छ ।”

कोरोना सङ्क्रमणले उपत्यकालाई चापमा पारेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी दुई हजार ४७ जना एकै दिन थपिएका छन् ।

थप सङ्क्रमितसँंगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार २०९ पुगेको छ । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार मात्र थियो ।

यस्तै क्वारेन्टाइनमा ५४ जना रहेका छन् । त्यसैगरी हालसम्म १२ वटा जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित र १० वटा जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : ०० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क