१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाँकेमा ४९६ संक्रमित थपिँदा २४४ जना कोरोना मुक्त, दिनभरीमा ६ जना संक्रमितको मृत्यु



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा ४९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो १२ घण्टामा ६ जनाको मृत्यु भएको छ । बाँकेमा आज २४४ जनाले कोरोना भाइरसलाई नितेर घर फर्केका छन् ।

बाँकेमा ३ वटा प्रयोगशाला र सिमानाकामा गरिएको एन्टिजेन परीक्षणबाट ४९६ जना संक्रमित थपिएका हुन् । भेरी अस्पतालको प्रयोगशालामा २८८ नमुनामा २१४ जनामा कोरोना पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा १५२ नमुनामा १२८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि बागेश्वरी प्रयोगशलामा १८० नमुनामा १५२ जनामा र सिमानाका जमुनाहामा ३४ जनालाई एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा आजै १०० महिला र १४४ जना पुरुष कोरोना संक्रमण मक्त भएर घर फर्केका छन् भने पछिल्लो १२ घण्टामा ६ जनाको मृत्यु भएको छ । आज बिहान ७ः५०मा भेरी अस्पतालमा उपचाररत र्कलालीका ४३ वर्षिय पुरुषको मृत्ये भएको थियो भने सोहि अस्पतालमा ८ बजे खजुरा २ का ६७ वर्षिया महिलाकाृ मृत्यु भएको थियो । त्यसैगरि नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज ८ का ३३ वर्षिय पुरुषको १०ः३० बजे, भेरी अस्पतालमा टिकापुरमा ५१ वर्षिया महिलाको १० बजे, भेरी अस्पतालमै नेपालगन्ज १७ का ६८ वर्षिय पुरुषको बिहान ८ बजे तथा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर १३ का ५० वर्षिय पुरुषको मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

बाँकेमा अहिले सम्ममा जिल्ला भित्रका ११० र बाहिरी जिल्लाका १११ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ८ : ४८ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।