१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बाँकेमा ४९६ संक्रमित थपिँदा २४४ जना कोरोना मुक्त, दिनभरीमा ६ जना संक्रमितको मृत्यु



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा ४९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो १२ घण्टामा ६ जनाको मृत्यु भएको छ । बाँकेमा आज २४४ जनाले कोरोना भाइरसलाई नितेर घर फर्केका छन् ।

बाँकेमा ३ वटा प्रयोगशाला र सिमानाकामा गरिएको एन्टिजेन परीक्षणबाट ४९६ जना संक्रमित थपिएका हुन् । भेरी अस्पतालको प्रयोगशालामा २८८ नमुनामा २१४ जनामा कोरोना पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा १५२ नमुनामा १२८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि बागेश्वरी प्रयोगशलामा १८० नमुनामा १५२ जनामा र सिमानाका जमुनाहामा ३४ जनालाई एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा आजै १०० महिला र १४४ जना पुरुष कोरोना संक्रमण मक्त भएर घर फर्केका छन् भने पछिल्लो १२ घण्टामा ६ जनाको मृत्यु भएको छ । आज बिहान ७ः५०मा भेरी अस्पतालमा उपचाररत र्कलालीका ४३ वर्षिय पुरुषको मृत्ये भएको थियो भने सोहि अस्पतालमा ८ बजे खजुरा २ का ६७ वर्षिया महिलाकाृ मृत्यु भएको थियो । त्यसैगरि नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज ८ का ३३ वर्षिय पुरुषको १०ः३० बजे, भेरी अस्पतालमा टिकापुरमा ५१ वर्षिया महिलाको १० बजे, भेरी अस्पतालमै नेपालगन्ज १७ का ६८ वर्षिय पुरुषको बिहान ८ बजे तथा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर १३ का ५० वर्षिय पुरुषको मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

बाँकेमा अहिले सम्ममा जिल्ला भित्रका ११० र बाहिरी जिल्लाका १११ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ८ : ४८ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री