१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना प्रभावित १० मुलुकसँगको सिधा उडानमा रोक लगाउन सीसीएमसीको सिफारिस



काठमाडौं । कोरोना महामारीले उग्र रुपलिएको भारत सहित अमेरिका लगायत १० मुलुकको उडान रोक्न केन्द्रीय कोभिड १९ संकट ब्यवस्थापन समिति (सीसीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीले कोरोना संक्रमणबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

शुक्रबार बेलुका बसेको सीसीएमसीको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै अन्तराष्ट्रिय उडान सहित आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको छ ।

त्यस्ता मुलुकहरुमा हुने सिधा उडान रोकेपनि ट्रान्जिट हुँदै आउने विमानलाई भने रोक नलगाउने सीसीएमसीको सिफारिसमा उल्लेख छ ।

सीसीएमसीले सिफारिस गरेपनि मन्त्रिपरिषद्को आगामी बैठकले पारित नगर्दा सम्म सिफारिस भने कार्यान्वयन हुने छैन । मन्त्रिपरिषदले यस सम्बन्धमा बिज्ञ समूहसंग परामर्श गरेर उपयुक्त निर्णय गर्ने एउच स्रोतले खबरकुरालाई जानकारी दियो ।

कोरोना संक्रमणबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा यस अघि देखि नै दिँदै आएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ३ : ०६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज