१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बाँकेमा आज पनि थपिए ४३५ संक्रमित, ५ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि ४३५ जना नयाँ संक्रमित थपिएका छन् । २ वटा प्रयोगशाला र सिमानाको एन्टिजेन परीक्षणबाट ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेको भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३२८ जनाको नमुना परीक्षण गर्दा ४५३ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा २४२ जनाको नमुना परीक्षण गर्दा १७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सिमानाको जमुनाहामा ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको थियो । आज यो समाचार तयार पार्दा सम्म बागेश्वरी ल्यावको रिपोर्ट आईसकेको छैन ।

भेरीको परीक्षणलाई विश्लेषण गर्दा न्यूनतम उमेर २ वर्ष देखि अधिकतम उमेर ८२ बर्ष सम्मकालाई संक्रमण पुष्टि भएको पाईएको छ । संक्रमणको उमेर समूहमा सबैभन्दा बढी २० वर्ष देखि २९ वर्ष उमेर समुहकालाई सबैभन्दा बढी संक्रमण भएको पाईएको छ । त्यसपछि ३० देखि ३९ वर्ष उमेर समुहमा संक्रमित भएको पाईएको छ ।

आज पुष्टि भएका ४५३ मध्य बाँकेका ३६० जना र अन्य बाँके बाहिरको रहेको डीसीएमसी बाँकेका कारोना फोकलपर्शन तेज ओलीले बताए ।

बाँकेमा आज ५ जनाको ज्यान गएको छ । जसमा ३ महिला र २ पुरुष रहेका छन् । बाँकेमा उपचारका लागि ल्याईएका ४ जना पुरुषको पनि बाँकेमा मृत्यु भएको छ । आज सम्ममा बाँकेमा जिल्ला भित्रका १२० र जिल्ला बाहिरका ११८ जनाको मृत्यु भईसकेको छ ।

१११ वर्षिया महिलाले परास्त गरिन कोरोना

बाँकेका बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बस्दै आएका १०६ महिला तथा १४४ पुरुष आजै कोरोनामुक्त भएका हुन । उनिहरुलाई शनिबार डिस्चार्ज गरेर घर पठाईएको फोकलपर्शन ओलीले जानकारी दिए ।

शनिबार मात्र १११ वर्षिया बृद्धाले कोरोनासँगको लडाई जितेकी छन । आज १११ वर्षिया बृद्धा सहित बाँकेका २५० जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ३८ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले