१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा आज थपिने संक्रमित भन्दा निको हुने धेरै, २२९ संक्रमित थपिँदा ३४५ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा सबैभन्दा बढी नमुना परीक्षण हुने भेरी अस्पताल प्रयोगशालाको रिपोर्ट प्राप्त नभएको अवस्थामा समेत बाँकेमा ४५६ जनामा कोरोना संक्रमित थपिएका छन् । नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याव र सिमानाकाको एन्टिजेन परीक्षबाट ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज् मेडिकल कलेजको ल्यावमा २९९ नमुना परीक्षण गर्दा २१० जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्यावमा ४२० नमुना परीक्षण गर्दा २४३ जनामा संक्रमण पुष्टि भएको छ । सिमानाका जमुनाहामा २७ जनाको नमुना परीक्षण गर्दा ३ जनामा रिपोर्ट पाजेटिभ आएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले बताए । भेरीको रिपोर्ट मंगलबार मात्र आउने ओलीले बताए । आज पुष्टि भएको संक्रमित मध्य बाँकेका २२९ जना र बाँकी अन्य जिल्लाका हुन् ।

बाँकेमा आज ३४५ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने जिल्लामा १२ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने मध्य १० जना बाँकेका र २ जना बाँके जिल्ला बाहिरका हुन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : ५४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा