२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संघीयताविज्ञ डा. खिमलाल देवकोटा राष्ट्रिय सभाको रिक्त पदमा विपक्षी गठबन्धनका साझा उम्मेदवार चयन



काठमाडौं । राष्ट्रिय सभामा बागमती प्रदेशबाट रिक्त स्थानमा डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाइने भएको छ ।

माओवादी केन्द्र, कांग्रेस र एमालेको माधव नेपाल पक्षले स्वतन्त्र बुद्धिजीवि डा. देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

देवकोटा नेपाल निकट बुद्धिजीवि मानिन्छन् । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा संघीयताका विज्ञ हुन् । देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकारका रुपमा काम गरिसकेका छन्।

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापाले दल त्याग गर्दै एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभाको सो स्थान रिक्त भएको थियो ।

राष्ट्रिय सभाको उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ । सो उपनिर्वाचनमा बागमती प्रदेशका प्रदेशसभा सांसदहरु र स्थानीय तहका प्रमुख उपप्रमुखहरुले मतदान गर्न पाउँछन् ।

एमालेले रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

लुम्बिनी प्रदेशमा रिक्त एक पदमा विपक्षी गठबन्धनले केही दिनअघि एमालेको लुम्बिनी प्रदेशसभा सांसद पदबाट राजीनामा दिएका कपिलवस्तुका दृघनारायण पाण्डेलाई साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

 

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : १९ बजे

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।