१७ असार २०८३, बुधबार | July 2, 2026

देउवा भेट्न नेताहरुसहित बुढानिलकण्ठ पुगे प्रधानमन्त्री ओली



काठमाडौं । सत्ता जोगाउन लगातार जसपा नेताहरुसँग गठबन्धनको प्रयास गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटन बुढानिलकण्ठ पुगेका छन् ।

संसदमा विश्वासको मत मागेका ओलीले आफु विरुद्ध गठबन्धन बनाउन सुरु गरेका देउवा भेट्न उनकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे देउवासँग छलफल गर्ने बुझिएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाएर एमालेलाई एक्लाउने रणनिती सार्वजानिक भए लगत्तै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पार्टीका केहि नेताहरुलाई लिएर देउवा निवास पुगेका हुन् ।

आजै मात्र स्वतन्त्र वाम बुद्धिजीवि डा. खिमलाल देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरु सहमत भएका छन्। ओलीले भने हालै एमाले प्रवेश गरेका पूर्व माओवादी नेता गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाउने घोषणा गरिसकेका छन् ।

कांग्रेस पदाधिकारी बैठकले हिजो मात्रै ओलीलाई विश्वासको मत प्राप्त गर्नबाट असफल बनाउने निर्णय गरेको थियो । यस्तै, हिजै राति सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच अविश्वासको प्रस्ताव असफल बनाउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल पनि गएका छन्।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ४७ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)