१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुपन्देहीमा ५८७ संक्रमित थपिंदा २९५ जना डिस्चार्ज, १३ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा आज पनि ५८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेको पीसीआर ल्यावहरुमा १३२८ नमुना परीक्षण गर्दा ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पनि बुटवल उपमहानगरमा जिल्लाका सबै स्थानीय तहमा भन्दा बढी संक्रमित थपिएका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १३६ जना, सिद्धार्थनगरमा ६७ जना, सैनामैनामा ४३ जना र देवदहमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि क१चन र सुद्धोधनमा १२।१२ जना, ओमसतियामा ७ जना, रोहिणी र सियारीमा ५।५ जना, गैडहवा र मायादेबीमा ३।३ जना, लुम्बिनी साँस्कृतिक नगरमा २ जना र कोटहिमाईमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १३ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ । आज रुपन्देहीमा २९५ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा ४९५५ जना सक्रिय संक्रमित रहेकोमा १६४ जना लक्षण सहितका संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ३६ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले