७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

विश्वासको मतका लागि मतदान सुरु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतका लागि प्रतिनिधिसभामा मतदान सुरु भएको छ ।

विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले मतदान प्रक्रिया सुरु गराएका हुन् ।

हुन्छ भन्नेहरु सभामुख आसनको दायाँ तर्फको उपकक्ष लविमा गएर आआफनो नामावली रहेको दस्तखत महतमा दस्तखत सुरु गरेका छन् ।

यस्तै, विपक्षमा रहेका सांसदहरुले सभामुखको आसनको वायाँतर्फ रहेको उपकक्ष लविमा गएर त्यहाँ राखिएको वर्णानुक्रम अनुसारको आआफ्नो नामावली रहेको दस्तखत महलमा दस्तखत सुरु गरेका छन् ।

दिन्न भन्नेहरु सभामुख आसनको पछाडी रहेको उपकक्ष लविमा गएर आआफ्नो नामावली दस्तखत महतमा दस्तखत गर्न गर्न लागेका छन् ।

यस्तै कोभिड १९ संक्रमित सांसदहरुले लोत्से हलमा गएर मतदान गरेका छन् ।

सांसदहरुले हुन्छ हुन्न र दिन्न गरी तीन स्थानमा मतदान गर्न पाउनेछन् । सभामुखको आदेशमा अहिले सभाकक्षमा प्रवेश गर्ने ढोकाहरु बन्द गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : २१ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र