२ चैत्र २०८२, सोमबार | March 16, 2026

अक्सिजनको अभावमा लुम्बिनी प्रादेशिक अस्पतालमा राती कुनैपनि बेला दुर्घटना हुन सक्ने अस्पताल प्रमुखको चेतावनी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले अक्सिजनको अभावमा राती अप्रिय दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । अस्पतालले खपत गरिरहेको भन्दा कम परिमाणमा अक्सिजन सिलिण्डरको कोटा निर्धारण गरिएपछि अक्सिजनको अभावमा राती दुर्घटना हुन सक्ने चेतावनी दिएका हुन् ।

डा. खनालले प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा मात्र २४ घण्टामा ३६० सिलिण्डर खपत भईरहेको तथा प्रादेशिक अस्पतालमा सोही समयमा ७२ सिलिण्डर खपत भईरहेकोमा प्रशासनले २४ घण्टामा ३५० सिलिण्डरको कोटा निर्धारण गरेको बताएका छन् । प्रत्यक २४ घण्टामा ४३२ सिलिण्डर अक्सिजन आवश्यक रहेको अवस्थामा ३५० सिलिण्डरले नपुग हुने डा. खनालले बताएका छन् । तोकिएको कोटापनि सप्लायर्शले नदिएको भन्दै उनले राती अक्सिजन सकिएर दुर्घटना हुन सक्ने औंल्याएका छन् ।

साँझ उनको आफ्नै फेसबुक वालमा स्टाटस पोष्ट गर्दै उनले भनेका छन् – ‘आज बिहान हाम्रो अस्पताललाई २४ घन्टाको लागि कम्तीमा ३५० सिलिन्डर अक्सिजन उपलब्ध हुने जानकारी प्राप्त भयो। जबकि धागो कारखानाको आईसीयू र एचडीयू को निम्ति मात्रै प्रतिघन्टा १५ सिलिन्डरको दरले १५*२४ं=३६० चाहिने हो, र माथि अस्पतालको इमर्जेन्सी, आइसोलेशन वार्डमा थप ३ सिलिन्डर प्रतिघन्टाले ३*२४=७२ गरी जम्मा ४३२ को माग हो । तर अहिलेसम्म बिहानदेखि ६५ पाएको अवस्था । राति कुनै दुर्घटना नहोस, त्यही कामना गरौं !’

डा. खनालको यो भनाईले आज पुनः लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर संक्रमितको ज्यान जाने जोखिम देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १० : ५९ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५