२५ असार २०८३, बिहिबार | July 9, 2026

जोखिम भत्ता नदिएको भन्दै कोरोना अस्पताल छाडेका चिकित्सक ३६ घण्टापछि काममा फर्किए



बुटवल । घमासान लडाई चलिरहेका बेला बिदामा बस्ने सैनिक र श्रीमान बिरामी परेका बेला माईत हिँड्ने श्रीमतीको कुनै उपादेयीता हुँदैन भने झैं कोरोना माहामारीले बिकराल रुप लिईरहेका बेला बुटवलस्थित कोरोना विशेष अस्पतालका केहि चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पताल आउन छाडेर आफुहरुले आफ्नो अवसरवादी चरित्र देखाएका छन् ।

कोरोना जोखिम भत्ता नपाएको भन्दै गत मंगलबार ज्ञापनपत्र दिएका अस्पतालको करार सेवामा कार्यरत चिकित्सकहरु अचानक बुधबारबाट अस्पताल नआएपछि कोरोनाका बिरामीहरुको उपचार झण्डै ३६ घण्टा प्रभावित बनेको थियो ।

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा साउन महिनादेखि कारर सेवामा कार्यरत ७ चिकित्सक अस्पताल आउन छाडेपछि अस्पतालको सेवा भण्डै ३६ घण्टा प्रभावित समेत बन्यो ।

कोभिड अस्पताललाई नै लक्षित गरेर करारमा नियुक्त सातैजना चिकित्सक कोरोना जोखिम भत्ता नपाएको भन्दै बुधवारदेखि ड्युटीमा नआएको अस्पतालले जनाएको छ । यद्यपी उनीहरुले गैरजिम्मेवार काम गरेको भन्दै कारवाही र मेडिकल काउन्सिलमा समेत रिपोर्ट गर्ने चेतावनी अस्पतालले दिएपछि शुक्रबारबाट उनीहरु ड्युटीमा आएका छन् ।

मेडिकल अफिसरहरु विशाल झा, कल्याण रेग्मी, प्रतिमा भण्डारी, पूजन ज्ञवाली, राजेश लिम्बु, सविता अर्याल र एलिसा सिंह अस्पतालको सेवामा नै प्रभाव पार्ने उद्देश्यका साथ अनुपस्थित भएको अस्पतालको आरोप छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अचानक काममा नआएपछि अस्पतालमा कार्यरत कन्सल्टेन्ट र नर्सिङ स्टाफहरुबाट सेवा प्रदान गरिएको बताए ।

सातैजना चिकित्सकले कोरोना जोखिमभत्ता नपाए सेवामा नआउने भन्दै मंगलबार मात्रै अल्टिमेटम दिएका थिए । ‘छलफलमा समेत नबसी उनीहरु काममा आएनन्, यस्तो क्रियाकलापलाई गम्भिर अपराधको रुपमा लिनुपर्दछ’, डा। खनालले भने ।

चिकित्सकको मागलाई तुरुन्त मन्त्रालयमा पठाईएको र मन्त्रालयले समेत तिहार लगत्तै जोखिम भत्ता उपलब्ध गराउने बताईरहँदा पनि सम्बाद र वार्ता समेत नगरी ती चिकित्सकहरु अनुपस्थित भएको डा. खनालले बताए ।

चिकित्सकहरु ड्युटीमा फर्केपनि उनीहरुले आत्मालोचना गर्नुपर्ने डा. खनालको भनाई छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : ०१ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको