१ माघ २०८२, बिहिबार | January 16, 2026

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको सपथ दिलाएकी छिन् । प्रधानमन्त्री ओलीले शुक्रबार देश जनताका नाममा सपथ लिएका छन् ।

राष्ट्रपति भण्डारीले ओलीलाई बिहीबार राति संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन । ओलीले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्दैछन् ।

शितल निवासमा प्रधानमन्त्री ओलीसँगै यसअघि रहेका उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले समेत सपथ लिएका छन् । मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सपथ दिलाएका छन् । ओलीले मन्त्रीमा पुरानै अनुहारलाई दोहोयाएका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।

त्यसअघि २०७४ फागुन ३ गते नेकपा माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । पछि २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकीकरण भएपछि उनी स्वतः उपधारा १ अनुसारको बहुमत प्राप्त नेकपा दलको प्रधानमन्त्री बनेका थिए ।

तर, सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा खारेज गरी साविककै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । ओलीले यही वैशाख २७ गते संसदमा विश्वासको मत गुमाएका थिए ।

ओली त्यसअघि पनि २०७३ सालमा प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : ०० बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जिपको ठक्करबाट महिलाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा परी

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका

नेपालगन्ज व्यापार महोत्सवमा दर्शकको घुँइचो

नेपालगन्ज । नेपालगन्जमा जारी आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि,

धादिङमा एक सय हल गोरु जुधाइयो

धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल