२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बिहे भोजले निम्त्याएको कोरोना संकट : एकै परिवारका चारजनाको मृत्यु



बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा कोरोना संक्रमणका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । यो मृत्यु १५ दिनको अवधिमा भएको हो ।

बडिगाड गाउँपालिका-४ जलजलामा कोरोना संक्रमणको कारण बुवा, दुई छोरा र एक छोरीले ज्यान गुमाएका हुन । स्वास्थ्य मापदण्डको पालना नगरी विवाह भोजमा सहभागी हुँदा उनीहरुमा संक्रमण फैलिएको स्थानीयले बताएका छन ।

उनीहरु गत वैशाख ११ गते विवाह भोजमा सहभागी भएका थिए । परिवारका ज्येष्ठ सदस्य ८७ वर्षीय बुवा, ५४ वर्षीया छोरी, ५१ वर्षीय छोरा र ४० वर्षीय छोराको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

वैशाख १७ गते बुवा, वैशाख ३० गते ४० वर्षीय छोरा, वैशाशाख ३१ गते ५१ वर्षीय छोरा र जेठ १ गते ५४ वर्षीया छोरीको मृत्यु भएको हो । १५ दिनको अवधिमा एकै परिवारका चार सदस्यले कोरानाकै कारण ज्यान गुमाएपछि अहिले सिंगो गाउँ शोकाकूल बनेको छ ।

बिहे भोजपछि क्रमशः बिरामी परेका उनीहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भोजमा सहभागी भएको एक सातापछि उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने लगायतका लक्षण देखिन थालेको थियो ।

भोजमा सहभागी भएका सोही गाउँका अन्य दुई जनाले पनि ज्यान गुमाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । योसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

बिहे भोजमा सहभागी हुँदा कोरोना संक्रमित भएका केहीको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही संक्रमितहरु भने अझै पनि आफ्नै घरमा छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : ५९ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित