२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भेरी अस्पतालमा ६ घण्टा बीचमा ६ जनाको मृत्यु, सामाजिक सञ्जालमा उठ्यो अस्पतालको सेवामाथि प्रश्न



नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा आज राती प्रति घण्टा १ जनाका दरले कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यराती १२ बजेबाट बिहान ६ बजेको अवधीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ । राती १२ः३० बाट सुरु भएको मृत्युको सृङ्खला बिहान ६ बजे सम्म चलेको देखिएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार जेठ १ गते भर्ना भएकी तुलसिपुर दाङकी ३८ वर्षिया महिलाको राती १२ः३० बजे मृत्यु भएको थियो भने १ गते नै भर्ना भएकी बर्दिया मधुवनकी ७० वर्षिया महिलाको पनि राती २ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि जेठ १ गते भर्ना भएका ५९ वर्षिय पुरुषको हिान ४ः३० बजे, बाँसगढी बर्दियाका ८० वर्षिय पुरुषको बिहान ५ः३० बजे, बैशाख २८ गते भर्ना भएकी नेपालगन्ज ६ की ४० वर्षिया महिलाको बिहान ५ः३० बजे र बैशाख ३१ गते भर्ना भएकी कोहलपुर ९ की ४५ वर्षिया महिलाको बिहान ६ बजे मृत्यु भएको थियो । मृतकहरु सबैको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

मृतकका आफन्तले रातीको समयमा डाक्टर तथा नर्सहरुले आवश्यक सेवा नदिएका कारण मृत्यु भएको आरोप लगाएका छन् । भेरी अस्पतालमा लापरवाही भएको भन्दै यसै अवधीमा कम्तीम ३ पटक मृतकका आफन्तले स्वास्थ्कर्मीहरुलाई दुब्र्यवहार गरिसकेका छन् । अघिल्लो हप्ता पनि बर्दिया राजापुरका एकजना मृत्यु भएका संक्रमितका आफन्तले रातीको समयमा डाक्टर बोलाउँदा नआएको र नर्सहरुले पनि नहेरिदिएपछि बाध्य भएर डिस्चार्ज लिएको बताएका थिए । ती संक्रमितको घर पु¥याएलयत्तै मृत्यु भएको थियो ।

स्वास्थ्कर्मीको कमजोरीका सम्बन्धमा अस्पताल प्रशासनले भने खण्डन गर्ने गरेको छ । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले आफुले कडा निगरानी राखेको र स्वास्थ्कर्मीको कुनै कमजोरी नभएको बताउँदै आएका छन् । डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले संक्रमितको चापको तुलनामा जनशक्ति कम देखिएपनि स्वास्थ्कर्मीहरुको खटाईमा कुनै कमी नरहेको दाबी गरे ।

बाँकेका दिउँसोको तुलनामा रातीकै समयमा बढी संक्रमितको मृत्यु हुन थालेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि अस्पतालको सेवामा आशंका जताएका छन् ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या २३९ जना र जिल्ला बाहिरबाट उपचारकालागि आएका मध्य मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : ५१ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका