१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाँकेमा थपिए ७५ जना नयाँ कोरोना संक्रमित, ३६५ जना डिस्चार्ज, पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत कोरोना संक्रमितहरुको आज दिउँसो पनि साढे ६ घण्टाकाबीचमा ६ जनाको मृत्यु भएको छ । बिहान ९ः१५ बजेबाट ४ः४५ बजेका बीचमा ६ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने मध्य २ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुर र ४ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डीसीसीएमसीले दिएको जानकारी अनुसार बैशाख २३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएकी तुलसीपुर दाङकी ४८ वर्षिया महिलाको आज बिहान ९ः१५ बजे मृत्यु भएको थियो भने २७ गते भेरी अस्पताल भर्ना भएकी खजुरा ३ की ६७ वर्षिया महिलाको ९ः४५ बजे मृत्यु भएको थियो । त्यस्तै २७ गते भेरी अस्पताल भर्ना भएका कैलारी ५ कैलालीका ३८ वर्षिय पुरुषको बहान १०ः१५ बजे, २७ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका दंगिशरण ३ दाङका ६३ वर्षिय पुरुषको मध्यान्ह १२ बजे, जेठ १ गते भेरी अस्पताल भर्ना भएका तुलसीपुर दाङका ४५ वर्षिय पुरुषको ११ः४५ बजे र बैशाख ३१ गते भेरी अस्पताल भर्ना भएका गुर्भाकोट १३ सुर्खेतका ६८ वर्षिय पुरुषको ३ः४५ बजे मृत्यु भएको डीसीसीएमसी बांकेका कोरोना फेकलपर्शन तेज ओलीले जनाएका छन् ।

बाँकेको ३ वटा प्रयोगशाला मध्य भेरी अस्पतालको रिपोर्ट बाहेक बाँकेमा गरिएको पीसीआर परीक्षणमा १४९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । २ वटा ल्यावमा गरिएको ३६३ नमुना परीक्षणमा १४९ जनामा संक्रमण पुष्टि भएको हो । आज बाँकेमा ७५ जनामामात्र कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा बाँकेमा १३ जनाको मृत्यु भएको छ भने ३६५ जना कोरोना मुक्त भएका छन् । मृत्यु हुनेमा बाँकेका ३ जना र १० जना जिल्ला बाहिरको रहेको कोरोना फोकलपर्शन ओलीले बताए । बाँकेमा आज सम्ममा जिल्ला भित्रका २४० जना र जिल्ला बाहिरका १९४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : ५० बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको